Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली


काठमाडौँ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् ।

प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताएका छन् । तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताएका छन् । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताए ।

उनले भने, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिदैन । फागुनमा चुनाव भयो भने के फरक पर्ला । ल काँग्रेस आधा होला, अहिले ८९ सिट छ । ४५ मा झर्ला । एमाले आधा होला । ८० सिट छ । ४० मा आउँला । अनि एस केही आउला, माओवादी आउला । अरु केही आउलान । पार्लियामेन्ट रहने वित्तिकै त संविधान त बाँच्यो । अहिले ट्रयाकमा आएको छ स्थिति । जजस्ले दुई तिहाई ल्याएर संविधानका आधारभूत पिलरहरु त्यो त समाप्त पारौं । सय, सवा सय सिट संख्या संविधानका पक्षधर शक्तिहरुले कायम गर्न सके भने त स्वभाविक छ फेरी ट्रयाकमा आउँछ । यति हो त साथीहरुले खोजेको ? जो जो छन, यी सबै कुराहरुको पछाडि अव म जेनजी भन्दिन । किनभने उहाँहरु निर्णायक ठाउँमा नै हुनुहुन्न । अहिले सिनमा देखिएका साथीहरुले अभिव्यक्तिहरु हेर्नुस्त । उहाँहरु रनभूलमा पर्नु भएको छ । कहाँबाट उहाँहरुले सुरु गर्नु भयो । स्थिति कहाँबाट कहाँ पुग्यो ? उनीहरु यहाँ रोकिन चाहदैनन । या त यस्तो चुनाव गर्ने अघि नै भनेजस्तो सम्पूर्ण अहिलेका राजनीतिक दलहरुलाई किनारा लगाएर चुनाव गर्न त सम्भव होला जस्तो लाग्दैन । कोशिस त्यो नाममा पनि होला । त्यो भयो भने बेग्लै कुरा हो । मेरो विचारमा यस्तो स्थिति सृजना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सृजना होस । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुनेनै छन ।’

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भएपनि त्यो भने सम्भव नहुने बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?