Trending
>>   रवि लगायत सातै जनालाई थुनामै राख्नु पर्ने भन्दै उच्च अदालतमा निवेदन >>   राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल >>   पदक जित्ने लक्ष्यअनुरूप गएका थियौं– विश्व उपविजेता नेपाली खो खो टोलीका कप्तान हेमराज >>   २०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री भट्टराई >>   माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय >>   भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै होः प्रधानमन्त्री >>   सुडानको ओमदुरमन शहरमा पिउने पानीको संकट >>   फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता >>   कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ >>   युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

राजनिति


माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्  ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज सवा १२ बजे बस्नेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छन् ।

सांसद गोमालाई पदमुक्त गर्न सभामुखलाई सीके राउतले गरे तेश्रो पटक पत्राचार

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधि सभामा समानुपातिक सांसद गोमा सापकोटालाई पदमुक्त गर्न संसद सचिवालयलाई पुनः पत्राचार गरेको छ । पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको भनिएको छ । गोमामाथि ठेकेदारसँग पैसा मागेको, अनुचित लाभ लिएको, पार्टी विभाजन गर्न खोजेको

राष्ट्रपति पौडेल ‘कोप–२९’ मा भाग लिन अजरबैजान प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गरेका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७

राष्ट्रपति द्वारा अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन र अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम लोकदर्शन रेग्मीलाई अमेरिका  र प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीनको  राजदूत नियुक्त गरेका हुन । संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।

मानव तस्करीमा मुछिएका सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा

खबरदारी अभियान चलाउँदै माओवादी केन्द्र

हेटौँडा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन् । प्रेस सेन्टर मकवानपुरद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकार बाहिर रहँदा अहिले

मानव तस्करीमा मुछिएका पुर्व मन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा नेकपा एमाले का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ। आइतबार विराटनगर निजी निवासबाट मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो। जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज जिल्ला प्रहरी कार्यालय कास्कीलाई

‘कोप–२९’ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गर्ने भएका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक

सम्वन्धित समाचारहरु