Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल


नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताउनु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले शुक्रवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गर्नुभएको हो । आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेहरुबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउन लागि परेको समेत बताउनु भयो । उहाँले केही शक्तिहरुले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको पनि बताउनु भयो । नेता पोखरेलले भन्नुभयो,‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रुपमा लिनुपर्छ जस्तो लाग्छ । त्यो जनमत संग्रह भनेको देश बनाउनेहरु र बिगार्नेहरुबीचको जनमत संग्रह हो । त्यसकारण नेकपा (एमाले)ले देश बनाउनेहरुको प्रतिनिधित्व गर्छ । र देश बिगार्नेहरु पनि छन । र तिनीहरु पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोशिस गरेका छन । तर हाम्रो कोशिस, नेकपा एमालेका कोशिस के भने भने देश बनाउनेहरुले निर्णायक शक्तिको रुपमा आउनु पर्छ । हामी यो निर्वाचनलाई त्यो परिणाममा पु¥याउन चाहन्छौँ ।’ त्यस अवसरमा नेता पोखरेलले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।

काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताउनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले शुक्रवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गर्नुभएको हो । आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेहरुबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउन लागि परेको समेत बताउनु भयो । उहाँले केही शक्तिहरुले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको पनि बताउनु भयो ।

नेता पोखरेलले भन्नुभयो,‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रुपमा लिनुपर्छ जस्तो लाग्छ । त्यो जनमत संग्रह भनेको देश बनाउनेहरु र बिगार्नेहरुबीचको जनमत संग्रह हो । त्यसकारण नेकपा (एमाले)ले देश बनाउनेहरुको प्रतिनिधित्व गर्छ । र देश बिगार्नेहरु पनि छन । र तिनीहरु पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोशिस गरेका छन । तर हाम्रो कोशिस, नेकपा एमालेका कोशिस के भने भने देश बनाउनेहरुले निर्णायक शक्तिको रुपमा आउनु पर्छ । हामी यो निर्वाचनलाई त्यो परिणाममा पु¥याउन चाहन्छौँ ।’

त्यस अवसरमा नेता पोखरेलले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?