Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा


गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तिब्र पार्दै जनताको घरदैलोमा पुग्नुभएको छ ।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभयो । घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गर्नुभयो । विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए । जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

ओलीको यो घरदैलो कार्यक्रमले झापा ५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ । विपक्षी दलहरूले पनि आफ्नो अभियान चलाइरहेका बेला ओलीको यो ‘मास मुभमेण्ट’ ले एमालेको पकडलाई अझ बलियो बनाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?