Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले


पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्लेले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाउनुभएको छ ।

शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिण्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले विश्वविद्यालयहरू, अस्पताल, संघसंस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलीय छायामा रहेको भन्दै उहाँले रास्वपा सबै प्रकारका दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलीय संरचनालाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइयो । हाम्रा विश्वविद्यालयहरु कब्जा गरियो, अस्पताल कब्जा गरियो, संघसंस्थाहरु कब्जा गरियो, राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु, अब यो लुटको खेति स्पष्ट रुपमा बन्द हुनेछ, हुनैपर्छ । दोहनको दलीय सिण्डिकेट अब खारेज हुनैपर्छ । नझुक्किनुहोला पुराना दलहरु फेरी त्यही संरचना बोकेर तपाईहरुसामु आएका छन् । हामीलाई थाहा छ यो परजिवीहरुको रजगज बन्द गर्नासाथ देशका आधा समस्या तुरुन्तै समाधान भएर जानेछन् ।’

उहाँले अगामी २१ फागुन हुने निर्वाचनमा रास्वपालाई बहुमतका साथ विजयी गराउन समेत अपिल गर्नुभयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?