Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर


निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभई सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयुक्त डा. तुलाधरले आयोगले संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी समेत दिनुभयो । आयुक्त तुलाधरले निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका राजनीतिक दलहरूसँग पनि आयोगले निरन्तर छलफल गरिरहेको बताउनु भयो । देश निर्वाचनमय भइसकेको र फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न सबै नेपालीहरु उत्सुक रहेकाले शान्तिपुर्ण वातावण निर्माणमा सबैले आ–आफ्ना स्थानबाट योगदान गर्ने विश्वास आयोगले लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘निर्वाचन भनेको निर्वाचन आयोगले मात्रै सम्पन्न गर्न सक्दैन, यसको स्टेकहोल्डरहरुको पनि भूमिका त्यत्तिकै रहने हुँदा हामीले संघ, प्रदेश र स्थानीय सरकारहरुसँग सहकार्य गरेका छौँ । त्यसै गरेर हामीले राजनीतिक दलहरुसँग पनि छलफल गरेका छौँ । उहाँहरुले गर्नुभएको सहयोग पनि हामीले अनुभूत गरिरहेका छौँ । यो निरन्तर रहिरहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु । यसकारणले संघ, प्रदेश स्थानीय सरकार लगायत राजनीतिक दल, सम्पूर्ण स्टेकहोल्डरको समन्वय सहकार्यले हामी निर्वाचन सफल गर्नसक्छौँ भन्ने विश्वस्त रहेको छ । तपाईंहरुले देखिसक्नुभएको छ, देश निर्वाचनमय भइसकेको छ । निर्वाचनका लागि सकारात्मक वातावरण बनाउन तपाईं हामी सबैको भुमिका महत्वपूर्ण रहेको छ । यहाँहरुकै साथ, समर्थन र सहयोगले नै हो हामी फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न गईरहेका छौँ ।’ आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय सरकार लगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभई सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयुक्त डा. तुलाधरले आयोगले संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी समेत दिनुभयो । आयुक्त तुलाधरले निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका राजनीतिक दलहरूसँग पनि आयोगले निरन्तर छलफल गरिरहेको बताउनु भयो । देश निर्वाचनमय भइसकेको र फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न सबै नेपालीहरु उत्सुक रहेकाले शान्तिपुर्ण वातावण निर्माणमा सबैले आ–आफ्ना स्थानबाट योगदान गर्ने विश्वास आयोगले लिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘निर्वाचन भनेको निर्वाचन आयोगले मात्रै सम्पन्न गर्न सक्दैन, यसको स्टेकहोल्डरहरुको पनि भूमिका त्यत्तिकै रहने हुँदा हामीले संघ, प्रदेश र स्थानीय सरकारहरुसँग सहकार्य गरेका छौँ । त्यसै गरेर हामीले राजनीतिक दलहरुसँग पनि छलफल गरेका छौँ । उहाँहरुले गर्नुभएको सहयोग पनि हामीले अनुभूत गरिरहेका छौँ । यो निरन्तर रहिरहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु । यसकारणले संघ, प्रदेश स्थानीय सरकार लगायत राजनीतिक दल, सम्पूर्ण स्टेकहोल्डरको समन्वय सहकार्यले हामी निर्वाचन सफल गर्नसक्छौँ भन्ने विश्वस्त रहेको छ । तपाईंहरुले देखिसक्नुभएको छ, देश निर्वाचनमय भइसकेको छ । निर्वाचनका लागि सकारात्मक वातावरण बनाउन तपाईं हामी सबैको भुमिका महत्वपूर्ण रहेको छ । यहाँहरुकै साथ, समर्थन र सहयोगले नै हो हामी फागुन २१ गतेको निर्वाचनलाई सम्पन्न गर्न गईरहेका छौँ ।’

आयुक्त डाक्टर तुलाधरले निर्वाचनको सफलताका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय सरकार लगायत राजनीतिक दल र सम्पूर्ण सरोकारवालाहरूको समन्वय र सहकार्यले मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?