Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने


उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ ।

पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिनुभयो । सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गर्नुभयो । मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संगठनात्मक रुपमा हामी थोरै कमजोर छौँ । धेरै ठुलो जनसमर्थन हुँदाहुँदै पनि हामी जनतासमक्ष पुग्न गाह्रो भइरहेको छ । त्यसैले हामीले भौतिक र डिजिटल कार्यक्रमको समेत आवश्यकता देखेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यसमा हामीले सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामीले स्वीकृति लिएर कार्यक्रम गर्न लागेका हौँ, कसैसँग प्रतिस्पर्धा गर्नको लागि होइन । हाम्रा प्रतिवद्धताहरुलाई हाम्रा कार्यकर्तासमक्ष पु¥याउनको लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’

उहाँले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गर्नुभयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?