Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर


लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर

काठमाडौँ । निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ ।

संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ । संक्षिप्त कुराकानी गर्दै आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताउनुभएको हो । आयुक्त डाक्टर तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन पनि अनुरोध गरेको पनि स्पष्ट पार्नुभयो । आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको पनि उहाँले बताउनु भयो । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डाक्टर तुलाधरले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लैङ्गिक समावेशिताको कुरालाई सम्बोधन गर्दै आयोगले ६ हजार ७ सय ४३ वटै मतदान केन्द्रमा सूचना संप्रेषणका लागि ७ सय ५३ स्थानीय तहमो लैंगिक सम्पर्क व्यक्तिलाई राखेका छौँ । हामीले आयोगमा पनि लैंगिक सम्पर्क व्यक्ति राखिएको छ । लैङ्गिक समावेशिताको दृष्टिले कहीँ कतै आयोग नचुकोस् भन्नको लागि हामी सचेत छौँ । राजनीतिक दलहरुलाई पनि लैंिगक सम्पर्क व्यक्ति राख्न भनेका छौँ । उहाँहरुले त्यहीअनुसार व्यवस्था पनि गर्नुभएको छ । हामीले यसअघि २०७९ को निर्वाचनमा पनि भएसम्म हामीले महिलालाई नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएका थियौँ । छौँ । अहिले पनि हामीले महिला निर्वाचन अधिकृतहरुलाई परिचालन गर्ने सन्दर्भमा उच्च प्राथमिकता दिएका छौँ । यो एउटा महत्वपूर्ण उदाहरण छ । अर्को मात्रै यहाँले सुनिरहनुभएको पनि छ मतदाता शिक्षाको लागि हामीले ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेविका महिलालाई नै परिचालन गरेका छौँ । त्यसैले लैंगिक समावेशिता पालना गर्ने कुरामा आयोग सदैव प्रतिवद्ध रहेको छ भन्ने विश्वस्त दिलाउन पनि चाहन्छु ।’

उहाँले मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पार्नुभयो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?