Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य


मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

काठमाडौँ। निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको उहाँले बताउनु भयो । प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनु भयो । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदान पश्चात मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ । हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ । त्यो बाहेक मतगणनाकै बेलामा पनि त्यसको लागि नेसेसरी एरेन्जमेन्ट मतदानको दिन भन्दा पहिले नै आवश्यक एरेन्जमेन्ट मिलाएर राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणना मतदान भएकै दिन साँझबाट मतगणना शुरु गर्ने र त्यही गन्ने कामलाई पनि छिटोछिटो बनाउने । मैले यहाँ नेर तीनवटा कुरामा फोकस गरेँ । फेरि दोहो¥याएर भन्न चाहन्छु । मतपेटिका सङ्कलनको समय घटाउने, अनि मतदान पश्चात त्यसै दिन मतपेटिका सङ्कलनको समय घटिसकेपछि त्यसै दिन बेलुकीबाट मतगणना गर्ने कामलाई प्राथमिकतामा राख्ने र मतगणना काम गर्ने काम पनि त्यसलाई अलि छिटोछरितो बनाउने । त्यो हिसावले काम गर्दाखेरि यो नतिजा घोषणाको समय छोट्याउन सकिन्छ भन्ने मान्यताका साथ हामीले त्यो कुरा बोलेका हौँ । आयोगबाट त्यो कुरा मान्यज्युहरूले बोल्नुभएको हो । त्यसैले कतिपय ठाउँमा आउन आउन सक्ने लोकल्ली आउन सक्ने अप्ठ्याराहरूलाई त हामीले अहिले नै आँकलन गर्न सक्दैनौँ । तर पनि नर्मल्ली यति समयमा हामी सक्न क्छौँ भन्ने हिसावले आयोगले गुड इन्टेन्सनबाट छिटो नतिजा सार्वजनिक गर्न सकियो भने त्यसले मतदाताको जुन प्रतीक्षा गर्ने व्यग्रतालाई त्यो समयलाई छोट्याउन सक्छ भन्ने हिसावमा यो कुरा प्रोजेक्सन गरिएको हो । कतै कतै स्थानीय तहमा त्यस्तो कतै ढिलो हुने भयो भने त्यतिबेला यहाँहरूले जानकारी नै पाउनुहुनेछ । तर आयोगले लक्ष्य राख्दाखेरि यसको अप्टिमम काम कसरी गर्न सकिन्छ भन्ने हिसावले लक्ष्य राख्नु आफैँमा नकारात्मक कुरा होइन ।’

स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?