Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने


विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रवारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिवन्धको कार्यान्वयन भए/नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको जानकारी दिनुभयो । निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई केही व्यवस्थाहरुको सिफारिस गरेको छ । जस अन्तर्गत निर्वाचनको मितिभन्दा ७ दिन अगाडी अर्थात २०८२ साल फागुन १५ गतेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्मको लागी कुनै पनि प्रकारका मदिराहरु विक्री वितरण गर्न र सेवन गर्न नपाउने गरि निषेधको व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम आम रुपमा यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर निर्वाचन आयोगले पनि सुक्ष्म रुपमा अनुगमन गर्ने गरेको हुँदा सम्पूर्ण सरोकारवालाहरुले यस्ता किसिमका गतिविधिहरु नगर्न र नगराउनको लागि पनि निर्वाचन आयोगले सम्पूर्ण मतदाता लगायत सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरेको छ । यस किसिमको शान्ति सुव्यवस्था कायम गर्नको लागी निर्वाचण आयोग सम्पूर्ण निर्वाचनसंग सम्बद्ध राजनीतिक दल, उम्मेद्वार र सुरक्षा निकायहरुलाई पनि अनुरोध गर्दछ ।’

आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरि सहयोग गर्न आग्रह गरेको छ । निर्वाचनसँग संवद्ध सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।


प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?