Trending
>>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह >>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

राजनिति


गृहमन्त्री भन्छन-हिजो बोलेका शब्द शब्दको हेक्का छ,सबै फरार फन्दामा पर्छन

गृहमन्त्री रवी लामिछानेले आफूले गरेका सबै प्रतिबद्धताको शब्द शब्दको हेक्का रहेको बताएका छन् । फरार सांसद् लक्ष्मी कोइरीको बिषयमा प्रश्न उठेपछि सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । "पुराना"फरार"हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको

२४ बर्षपछि पोखरा इन्जिनियिङ्ग कलेजको स्ववियु निर्वाचनमा नेबिसंघको क्लिन स्विप

काठमाडौ : झण्डै २४ वर्ष पछि पोखरा इन्जिनियिङ्ग कलेज स्ववियु परिषद निर्वाचनमा नेबिसंघको पुरै प्यानल विजयी भएको छ।परिषद्को निर्वाचनमा बिराट सिग्देल नेतृत्वको नेपाल विद्यार्थी संघको प्यानलनै निर्वाचित भएको हो । स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा प्यानल सहित जितेर पोखरा इन्जिनियरिङ कलेजबाट नेविसंघले जितको खाता खोलेपछि नेविसंघ उत्साहित बनेको छ। नेविसंघ अध्यक्ष

४२ सिडिअ‍ो र ७ सहायक सिडिओको सरुवा

काठमाडौ : गृह मन्त्रालयले ४२ प्रमुख जिल्ला अधिकारी(सिडिओ) र ७ सहायक प्रमुख जिल्ला अधिकारी(सहायक सिडिओ)को सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट सिडिओ र सहायक सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरिएको हो ।

नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ।

नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ। उहाँलाई संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक जानुभई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उहाँ स्मारकस्थलमा जानुभएको थियो । सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गर्नुभएको थियो ।

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९औँ साधारणसभा उद्घाटन गर्दै उहाँले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा

गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताउनुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उहाँले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो । “हामीले दुई वटा

उपसभामुख निर्वाचनमा कांग्रेसको ह्विप

काठमाडौंः नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनमा पार्टीबाट आधिकारीक उम्मेद्वार मुक्ता कुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार उपसभामुखमा उम्मेद्वारी दर्ता गरेपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले व्हिप जारी गरेका हुन् । कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेका अनुसार उपसभामुखको निर्वाचनमा कांग्रेसका सांसद्हरुलाइ अनिवार्य उपस्थित

सम्वन्धित समाचारहरु