Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो ।

“हामीले दुई वटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन”, अध्यक्ष ओलीले भन्नुभयो, “असल छिमेकी बन्नका लागि भलो चिताएर, उनीहरुको चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ ।” नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुने नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनतामा कसैलाई प्रयोग हुन नदिने उल्लेख गर्दै ओलीले भन्नुभयो, “नेपालमा कुनै प्रकारका सैनिक राख्न दिँदैनौँ तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन ।” अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दैै थप्नुभयो, “विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौमसत्ताको सम्मान हुन सकोस ।” उहाँले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने र संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “युद्ध भएका ठाउँमा वार्ताको माध्यमबाट अन्त्य गरिनुपर्छ, सबै देशहरु सार्वभौमसत्ता सम्पन्न छन् ।” नेपालले कूटनीतिक सम्बन्ध बलियोरुपमा अघि बढाउनुपर्ने र पारस्परिक लाभ तथा सम्मानका आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्ने नेपालको परराष्ट्र सम्बन्ध नीति सञ्चालन गर्ने आधार भएको स्पष्ट पार्नुभयो ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?