२२ असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन् ।
२२ असार, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा संलग्न भेटिएका सबैमाथि कारबाही हुने बताएका छन् । ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री
चितवन । चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको सो विद्यालयका विद्यार्थीहरु सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका छन् । चितवन जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीहरु ६ जना रहेकोमा नारायणी पब्लिकका
२२ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम
दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गरेका छन् । सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका
२२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् । सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको
२२ असार ,सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवनको एक सहमारोबिच बिहीबार उदघाटन गरेका छन् । प्रशासकिय भवन उदघाटनका लागि मन्त्री बस्नेत बिहीबार गृह जिल्ला सिन्धुपाल्चोक पुगेका हुन । गाउँपालिका भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले चिनसँग नाका जोडिएको गाउँपालिका भएकाले यसको ठूलो व्यवारिक महत्व
२१ असार, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बिहीबार दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धन दलहरूले नेपाली
२१ असार, काठमाडाैँ । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने पाँच करोड
२१ असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर