Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास : अध्यक्ष ओली


२५ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास हुने बताएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय एकताबाट देश अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिने बताए ।

उनले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताए । “समृद्ध नेपाल, सुखी नेपाली भनेको सबै धर्म, जाति, संस्कृतिका सबै भूगोलमा बस्ने सबै व्यवसायमा बस्ने जनताको कुरा हो”, अध्यक्ष ओलीले भने । उनले मुलुकमा आदिवासी, मधेसी, पहाडी, हिमाली जुनसुकै पूर्व–पश्चिम उत्तर–दक्षिण क्षेत्रका भए पनि सबैले अधिकार र विकास पाउनुपर्ने भनाइ राखे ।

अध्यक्ष ओलीले एउटै देशका भू–भाग र जनतामा कोही धनी र कोही खान लगाउन नपाउने जस्तो स्थितिको अन्त्य हुनपर्ने भनाइ राखे । आदिवासी जनजातिको मात्र माग नभई सबैका लागि सामाजिक न्याय र समान अवसर मुलुकमा हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले मुलुकमा समाजिक न्याय र समान अवसरलाई बिथोल्ने प्रयास गर्न नहुने बताए ।

जातीय द्वन्द्वका कारण धेरै देशले अस्तित्व गुमाएको भन्दै उहाँले विविधतामा समानता आवश्यक रहेको भनाइ राखे । “असमानताको अन्त्य र विविधताको सम्मान हुनुपर्दछ । विविधता हाम्रो सम्पत्ति भएकाले कलहको विषय बनाइनु हँदैन”, उनले भने, “सद्भाव र पारस्परिक सम्बन्ध कायम गरिनुपर्दछ । त्यसका आधारमा अगाडि बढ्नुपर्दछ ।”

उनले राज्य एउटा जातीय विशेषको नभई सबै नेपालीको रहेको बताए । “यहाँ एउटा धर्म र जातविशेषको राष्ट्र हुनु हँुदैन । यहाँ विभिन्न जात, धर्मका मानिस छन् । राज्य सबैलाई समान सेवा दिन बनेको हुनुपर्दछ”, अध्यक्ष ओलीले भने, “त्यसैले हामीले सातै प्रदेशको नाम भूगोल, नाला खोलाको नामका आधारमा राखेका हौ ।”

एमालेले समान हक अधिकार र राष्ट्रिय एकताको पक्षमा लडेको स्मरण गर्दै उहाँले एमालेलाई जातका नामका कसैले विद्वेष फैलाउन खोजेको बताए । “कसैले जातका नाममा भावनात्मक बनाएर हामीबीचमा विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने त्यतिबेला देश जोगाउन सकिँदैन”, उनले भने

। अध्यक्ष ओलीले सबै जातजातिका भाषा, संस्कृतिका मानिस सबै भूगोलमा बस्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले पहिचान भन्ने कुरा साम्प्रदायिक नभई आफ्नो थर, जात र भूगोलमा गर्व हुने भनाइ राखे ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?