Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आरक्षपीडित र भूमिहीनको समस्या समाधान गम्भीर भएर काम गरिरहेको छु : परराष्ट्रमन्त्री साउद


२५ ,श्रावण ,कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भुमिहिनको समस्या समाधानका नाममा ३१ ओटा आयोग गठन गरेको पनि बताए। उनले थपे, ‘विभिन्न समयमा अयोगहरु बने र अरबौं रूपमा खर्च भए पनि समस्या जस्ताको त्यस्तै भएकाले मैले ३२औं पटक आयोग गठन गर्नु नपर्ने गरी प्रधानमन्त्रीसँग गम्भीरताका साथ कुरा गरेको छु, त्यस्तै भुमिसुधार मन्त्री र वन मन्त्रीसँग पटकपटक छलफल गरेको छु।

‘ गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउदले एक फरक प्रसंगमा नेपाली कांग्रेसकम कार्यकर्ता इमानदार बने नेपाली कांग्रेससँग एक्लै चुनाव लड्ने हिम्मत कसैले गर्न नसक्ने पनि बताएका छन्। उनले थपे, ‘पार्टीले इमानदार सिपाही ठानेर टिकट दिएको र जनताले क्षमता देखेर जिताएकाले काम गर्न कन्जुस्याइँ गर्नुहुँदैन।’ उनले आफू निर्वाचित हुँदा कंचनपुर २ का लागि महत्त्वपूर्ण काम गरेको र यसपटक पनि आफू सक्दो काम गर्ने वचनबद्धता व्यक्त गरेका छन्।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?