Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता?


गत साता सेयर बजारमा दबाब, आजको बजार कस्तो रहला!

काठमाडौं । गत साताको सेयर बजारमा उतारचढावसँगै प्राविधिक अवरोध र नयाँ नीतिगत व्यवस्थाले विशेष चर्चा पाए। सोमबार डेटा सेन्टरमा आएको र्‍यान्समवेयर आक्रमणका कारण नेप्सेको कारोबार नै रोकिएपछि बजारले मंगलबारदेखि पुनः निरन्तरता पाएको थियो।

मंगलबार नेप्से ७.०६ अंकले बढेर २,६५४.२८ अंकमा पुगे पनि बुधबार ३६.२५ अंकले घट्यो र बिहीबार ११.७७ अंकले सुधारिएर २,६२९.८१ अंकमा बन्द भयो।

तीन दिनको कारोबारमा कुल रु. १८.३६ अर्बको कारोबार भएको थियो। अघिल्लो पाँच कारोबार दिनको तुलनामा कुल कारोबार घटे पनि दैनिक औसत कारोबार करिब रु. ६.१२ अर्ब पुगेको देखिन्छ। यसले कारोबार दिन कम भए पनि बजारमा तरलता पूर्ण रूपमा कमजोर नभएको संकेत गरेको छ।

क्षेत्रगत रूपमा भने बजारमा स्पष्ट ‘सेक्टर रोटेसन’ देखियो। गत साता उत्पादन तथा प्रशोधन समूह १.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर र निर्जीवन बीमा दुवै १.६८ प्रतिशत तथा वित्त समूह १.५१ प्रतिशतले घटेका थिए। बैंकिङतर्फ कारोबार आकर्षित भए पनि मूल्य वृद्धि भने तुलनात्मक रूपमा सीमित रह्यो।

अब सोमबार के हेर्ने?
सोमबारको बजारका लागि सबैभन्दा महत्वपूर्ण विषय २,६३० अंक आसपासको बजारले कस्तो प्रतिक्रिया दिन्छ भन्ने हुनेछ। प्राविधिक रूपमा २,६०५ आसपासलाई नजिकको सपोर्ट र २,६६०–२,६८० क्षेत्रलाई प्रतिरोध क्षेत्रका रूपमा हेरिएको

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारबाट खरिद गरेको सेयर तथा डिबेन्चर कम्तीमा ४५ दिन राख्नुपर्ने व्यवस्था गरेको छ। यसअघि यस्तो अवधि लामो थियो। नयाँ व्यवस्थाले संस्थागत लगानीको गतिविधिमा प्रभाव पार्न सक्ने भएकाले सोमबारको बजारमा बैंकिङ समूह पनि लगानीकर्ताको निगरानीमा रहने देखिन्छ।

त्यसैगरी, धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी नयाँ मस्यौदा, इन्ट्राडे कारोबारसम्बन्धी अवधारणापत्र तथा आधारभूत शेयरधनीले सेयर बिक्री गर्नुअघि बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ। यसले धितोपत्र बोर्डले नितिगत सुधारमा बिशेस प्राथमिकता दिदै गएको देखिन्छ।


प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?