Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेता भुवन भट्टले केन्द्रीय सदस्य (युवा तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट राजनीतिक गतिविधिमा सक्रिय रहेका भट्टले युवाको सहभागिता, पार्टी संगठनको सुदृढीकरण तथा समसामयिक राष्ट्रिय मुद्दालाई आफ्नो प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै भट्टले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले युवालाई नेतृत्वमा ल्याउने स्पष्ट संरचना निर्माण गर्नुपर्ने र पार्टीलाई नयाँ पुस्तासँग जोड्दै लैजानुपर्ने बताएका छन्।


भट्टले आफ्नो घोषणापत्रमा युवाको राजनीतिक प्रतिनिधित्व बढाउने, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार गर्ने, युवा उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन गर्ने तथा सूचना प्रविधिको विकासलाई प्राथमिकता दिने विषय समेटेका छन्।

त्यसैगरी कृषि, पर्यटन, जलस्रोत, जडीबुटी तथा रोजगारीका क्षेत्रमा युवाको सहभागिता बढाउने, जलवायु परिवर्तनका विषयमा युवा अभियान सञ्चालन गर्ने र गाउँमा रहेका सम्भावनालाई उपयोग गर्न ‘गाउँ फर्क’ अभियान अघि बढाउने प्रस्ताव पनि उनले सार्वजनिक गरेका छन्।

उनले पार्टीभित्र युवा विभाग तथा युवा नेतृत्वलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय राजनीतिमा युवाको भूमिका विस्तार गर्ने र बदलिँदो पुस्ताको अपेक्षाअनुसार कांग्रेसको संगठन तथा नीति निर्माणलाई अघि बढाउने आवश्यकता औँल्याएका छन्।

भट्टले शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि र उद्यमशीलतालाई युवाको भविष्यसँग जोडेर हेर्नुपर्ने बताउँदै आफ्ना एजेण्डा कार्यान्वयनका लागि पार्टीभित्र निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारी घोषणासँगै कांग्रेसको आगामी महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्वको विषय पुनः चर्चामा आएको छ।
C


प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?