Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने


२५ ,श्रावण ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आज सम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो ।

उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उपराष्ट्रपति यादव विसं २०७९ चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुभएका थिए ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?