Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने


२५ ,श्रावण ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव यही साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना साउथ एसिया एक्सपोजिन चाइना इम्पोर्ट एन्ड एक्सपोर्ट फेयर’मा सहभागी हुन उपराष्ट्रपति त्यसतर्फ जान लागेका हुन् ।

उपराष्ट्रपति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपतिको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा आज सम्बन्धित निकायका अधिकारीबीच छलफल भएको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको थियो ।

उपराष्ट्रपति यादवको यो पहिलो औपचारिक विदेश भ्रमण हो । उपराष्ट्रपति यादव विसं २०७९ चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुभएका थिए ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?