Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट


२५ ,श्रावण ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

भेटमा उनिहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल आज साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरे ।

प्रधाानमन्त्री दाहाल यही साउनको पहिलो साता इटालीमा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालयले आयोजना गरेको कार्यक्रम सहभागी भइ फर्किएका थिए ।

प्रेस सल्लाहकार पोखरेलले भने, “प्रधानमन्त्री दाहाल इटालीमा आयोजित विश्व खाद्य कार्यक्रमबाट फर्किनु भएयता राष्ट्रपतिसँग भेट भएको थिएन । आजको भेटमा राष्ट्रपतिले उक्त कार्यक्रमबारे जानकारी लिनुभयो ।”


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?