Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’


यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

काठमाडौँ।यातायात व्यवस्था कार्यालय र विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले सडक सुरक्षा र सेवा सुधारका लागि कडा कदम चाल्न आग्रह गरेका छन् ।

सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यातायात क्षेत्रमा देखिएका भ्रष्टाचार, अव्यवस्थित बसपार्क र मापदण्ड विपरितका ओभरलोड गाडीहरूका कारण सर्वसाधारण जोखिममा परेको बताएका हुन् । सांसद पाण्डेले लामो दूरीका गाडीहरूका लागि रोड परमिट दिने प्रक्रियामा प्रश्न उठाए । उनले कोटेश्वर लगायतका स्थानबाट चल्ने गाडीहरूमा किन पटक–पटक अनियमितता हुने गरेको भन्दै विभागका अधिकारीहरूसँग स्पष्ट जवाफ माग गरेका छन् । उनले यातायात व्यवस्थापनमा देखिएको समस्यालाई ‘गम्भीर भ्रष्टाचार’को संज्ञा दिँदै यसलाई तत्काल सुधार गर्न आग्रह गरेका छन् ।

‘एक बसपार्क नीति’ कार्यान्वयन नहुनुलाई उनले सरकारी निकायको चरम लापरवाहीको रूपमा चित्रण गरेका छन् । काठमाडौंका विभिन्न गल्ली र रिङरोडका जथाभावी स्थानबाट यात्रु चढाउने र टिकट काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ । विगतमा ट्राफिक प्रहरीले सकारात्मक पहल गरे पनि अन्य निकायको असहयोगका कारण सो नीति ओझेलमा परेको स्मरण गर्दै उहाँले चाडपर्वको अवसरमा मात्र नभई सधैँभरि नियमन गर्न आग्रह गरेका छन् ।

त्यस्तै, सडकमा गुडेका मापदण्ड विपरीतका ओभरलोड गाडीहरू, ढालाभन्दा माथि सामान लोड गरिएका सवारीसाधन र भारतीय नम्बर प्लेटका सवारीको नियमन नहुनुप्रति पनि उनले आपत्ति जनाएका छन् ।

उनले भने, ‘पहिलो, लामो दूरीका सवारीको रोड परमिटमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ । पटक–पटक प्रश्न उठ्दा पनि सुधार नहुनु गम्भीर विषय हो । यातायात व्यवस्था कार्यालय र विभागले अनियमितताका गुनासाप्रति जिम्मेवार भएर काम गर्नुपर्छ । दोस्रो, काठमाडौंको ‘एक बसपार्क नीति’ प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । सडक तथा गल्लीबाट जथाभावी यात्रु चढाउने–ओराल्ने र टिकट काट्ने प्रवृत्ति रोक्नुपर्छ । यो व्यवस्था दसैँ, तिहार र छठमा मात्र होइन, वर्षभरि लागू हुनुपर्छ । तेस्रो, क्षमताभन्दा बढी यात्रु तथा ढालाभन्दा माथिसम्म असुरक्षित रूपमा सामान लोड गर्ने सवारीमाथि कडाइका साथ अनुगमन र कारबाही हुनुपर्छ । बाह्य मुलुकबाट आउने ओभरलोडेड सवारीको पनि प्रभावकारी जाँच आवश्यक छ । अब बैठकमा कुरा राख्ने मात्र होइन, निर्णय कार्यान्वयन भएको देखिनुपर्छ। जिम्मेवार अधिकारीहरू उपस्थित भएर जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अन्यथा संसदीय समिति स्वयं अनुगमनमा जानेछ ।’

यदि यी समस्याहरूको समाधान र नीतिगत कार्यान्वयन नभए संसदीय उपसमिति आफैँ अनुगमनमा निस्किने र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउने चेतावनी सांसद पाण्डेले दिएका छन् । बैठकमा जिम्मेवार पदाधिकारीको अनुपस्थितिले पनि समितिको कार्यसम्पादनमा असर पारेको भन्दै उनले आगामी दिनमा यस्ता विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।


प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?