Trending
>>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

ठूलो पार्टी र इतिहासको मात्र कुरा गरे कांग्रेसलाई अफ्ठ्यारो पर्छ : प्रकाशमान सिंह


२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

“देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ”, नेता सिंहले भने, “ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ ।” पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मदभेद हुनु स्वभाविक भए पनि एकअर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए । कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो । नेता सिंहले आबका दिनमा पार्टीलाई विधिसम्मत् ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताए । कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहका कार्यकर्ताले पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै जनताको सेवामा लाग्न सबै कार्यकर्तालाई आग्रह समेत गरे।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?