Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

ठूलो पार्टी र इतिहासको मात्र कुरा गरे कांग्रेसलाई अफ्ठ्यारो पर्छ : प्रकाशमान सिंह


२५ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए ।

“देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ”, नेता सिंहले भने, “ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ ।” पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मदभेद हुनु स्वभाविक भए पनि एकअर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए । कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो । नेता सिंहले आबका दिनमा पार्टीलाई विधिसम्मत् ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताए । कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहका कार्यकर्ताले पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै जनताको सेवामा लाग्न सबै कार्यकर्तालाई आग्रह समेत गरे।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?