Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित


२५ ,श्रावण ,गण्डकी । बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ ।

विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने जनाइएपछि दलहरूको आन्तरिक तयारी नपुगेका कारण सो विषय थाँती रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए ।

उनले तयारीबिनै प्रदेशसभा बैठक निर्धारण गरिएको र सरकारले बिजनेस दिन नसकेको धारणा राखे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एमालेले विषयगत समितिमा रहने सदस्यको नामावली नबुझाएका कारण समिति गठनको प्रक्रिया लम्बिएको बताए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले भने समितिमा बस्ने सदस्यको नाम टुङ्ग्याइसकेका छन् । प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले अब बस्ने प्रदेशसभा बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा पेस हुने जनाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुनसकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?