Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित


२५ ,श्रावण ,गण्डकी । बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ ।

विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो ।

आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने जनाइएपछि दलहरूको आन्तरिक तयारी नपुगेका कारण सो विषय थाँती रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए ।

उनले तयारीबिनै प्रदेशसभा बैठक निर्धारण गरिएको र सरकारले बिजनेस दिन नसकेको धारणा राखे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एमालेले विषयगत समितिमा रहने सदस्यको नामावली नबुझाएका कारण समिति गठनको प्रक्रिया लम्बिएको बताए ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले भने समितिमा बस्ने सदस्यको नाम टुङ्ग्याइसकेका छन् । प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले अब बस्ने प्रदेशसभा बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा पेस हुने जनाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुनसकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानून र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?