Trending
>>   काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन >>   दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति >>   निजी क्षेत्रको मागः १० वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ >>   सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद सुर्य थापा >>   विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत >>   मेरिटोक्रेसीबारे प्रधानमन्त्रीः म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा >>   साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ सङ्घीय संसद भवनः ठेकेदारले राज्यलाई हेपेको आरोप >>   विद्युतीय सेवा करको दायरा बढाउन राजश्व परामर्श समितिद्वारा सिफारिस >>   राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैनः प्रधानमन्त्री ओली >>   टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै २ कम्पनीसहित १८ प्रतिवादी बनाइ मुद्दा दर्ता
Logo
२ जेष्ठ २०८२, बिहीबार
२ जेष्ठ २०८२, बिहीबार

मन्त्री मोदीको प्रशंसनीय निर्णय : दुर्गममा कार्यरत कर्मचारीको सुगमका कार्यालयमा सरुवा


२५ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरुको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरेका छन् ।

सरुवाका लागि सोर्सफोर्स लगाउन नसकेकै कारणले दुर्गम क्षेत्रका कार्यालयमा मात्रै रहिरहनुपर्ने बाध्यतामा रहेका कर्मचारीहरुलाई मन्त्री मोदीले उनीहरुले रोजेअनुसारकै सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्न थालेका हुन् । मन्त्री मोदीले दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेका कर्मचारीहरुबाट सुगम क्षेत्रका कार्यालयसहित रोजेर निवेदन दिन ९ दिनको समय दिएर निवेदन मागेका थिए । त्यस्तै सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीबाट पनि दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन माग गरेका थिए । सोही निवेदनअनुसार माग भएको कार्यालयमा पहिलो चरणमा नायब सुब्बाहरुको सरुवा भएको छ ।

दुर्गमका विभिन्न जिल्लामा वर्षौदेखि सेवा प्रवाह गरिरहेका कर्मचारीहरुको उनीहरुले मागे अनुसारका कार्यालयमा सरुवा भएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय डोटीमा ५ वर्षदेखि कार्यरत नासु तिलक नेपालीको उनले मागे बमोजिम नै खानेपानी मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै ईलाका प्रशासन कार्यालय पचौडी बैतडीमा ३ वर्षदेखि कार्यरत नासु नन्दराज पन्तको उनले मागेअनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यसैगरी ईलाका प्रशासन कार्यालय जोगबुढा डडेल्धुरामा ३ वर्षदेखि कार्यरत नासु लाल बहादुर धामीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, सडक डिभिजन भातकाडा डोटीमा ३ वर्षदेखि कार्यरत नासु सुनिल कुमार रोकायको सहरी विकास मन्त्रालय वा अन्तर्गत्, जिल्ला प्रशासन कार्यालय मनाङमा ३ वर्षदेखि कार्यरत नासु गणेश न्यौपानेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला निर्वाचन कार्यालय मुगुमा २ वर्षदेखि कार्यरत नासु रत्न बहादुर रावलको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्को कार्यालयमा मागे अनुसारकै कार्यालयमा सरुवा भएको छ ।

दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका छन् । जसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४५२ निवेदनमध्ये २१२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्र बाहिरको परेको छ । मन्त्रालयले सुगम क्षेत्रका विभिन्न कार्यालयमा वर्षौदेखि जरा गाडेर बसिरहेका कर्मचारीहरुलाई पनि दुर्गम क्षेत्रका स्थानीय तहमा खटाइरहेका छन् । हालसम्म शाखा अधिकृत र उपसचिव गरी ४८ जनालाई दुर्गम क्षेत्रका विभिन्न स्थानीय तहमा खटाइ सकिएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?