काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन् । सोमवार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाईतेहरुसँगको भेटपछि उनले सो आग्रह गरेकी हुन् । शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उनले
काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आईतवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका छन् । विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम
काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिएकी हुन्। मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिएकी हुन् । उनले मन्त्रालयअन्तर्गतका शाखा एवं
काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आईतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनिहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका छन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चौतर्फी आलोचना र मुद्दा विवादका कारण श्रममन्त्री सिफारिस खगेन्द्र सुनारको नाम मन्त्री सूचीबाट हटाएकी छन्। संस्कृति मन्त्री सिफारिस गणपतिलाल श्रेष्ठको पनि शपथ रोकिएको छ। स्वास्थ्यमा डा. सुधा शर्मा गौतम र खेलकुदमा बब्लु गुप्ता भने आजै शपथ लिँदैछन्।
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेकी छिन् । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन्। उनले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्दै उनले सरकारले छानविन गर्नुपर्ने बताइन् । छानविनका
काठमाडौँ। जेन–जी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् । प्रदर्शनकारीहरुले ‘राष्ट्र
काठमाडौँ। अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् । दबाबमुलक कार्यक्रमा माईतीघर पुगेका जेन—जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरु एक ढिक्का भएर लाग्नुपर्छ
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छिन् । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएकी छिन् । नेपाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताए । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनको दाबी छ