Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

लिपुलेक विवादमा भारतको ठाडो अडान-नेपालको दाबी ‘अस्वीकार्य’


काठमाडौं । कैलाश मानसरोवर यात्रासँग जोडिएको सीमा विवादबारे नेपालले उठाएका विषयमा भारतले आफ्नो पुरानै अडान दोहोर्‍याएको छ। भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक पास हुँदै सञ्चालन हुने यात्रा दशकौँदेखि चल्दै आएको नियमित प्रक्रिया भएको दाबी गरेको हो।

भारतीय परराष्ट्र मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा लिपुलेक मार्ग सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको उल्लेख गर्दै यसलाई “नयाँ विकास” नभएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा नेपालले उठाएको भौगोलिक दाबीप्रति असहमति जनाउँदै भारतले त्यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको दाबी गरेको छ। “एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्ने प्रयास स्वीकार्य हुँदैन,” विज्ञप्तिमा भनिएको छ।

यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सीमा सम्बन्धी बाँकी विषयहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू तयार रहेको संकेत पनि दिएको छ।

भारतको यो धारणा नेपालले हालै सार्वजनिक गरेको कडा अडानपछि आएको हो, जसले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो अभिन्न भूभाग भन्दै स्पष्ट सन्देश दिएको थियो। अब दुवै देशबीचको यो विषय कूटनीतिक तहमा थप गहिरो संवादतर्फ जाने संकेत देखिएको छ।

 


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?