Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपालमा संघीयता जरुरी हो कि होइन ? भनि प्रश्न गर्ने बेला आएको छः एमाले नेता पोखरेल


नेपालमा संघीयता जरुरी हो कि होइन ? भनि प्रश्न गर्ने बेला आएको छः एमाले नेता पोखरेल

काठमाडौँ । एमाले नेता एवं संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले संघीयता जरुरी हो कि होइन ? भन्ने प्रश्न गरेका छन् ।

आईतवार नेपाल कानून समाजले संविधान संशोधन सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले उक्त विषयमा पनि गम्भिरतापूर्वक छलफल गर्न आवश्यक रहेको जिकिर समेत गरेका छन् । नेता पोखरेलले संघीयता जनताको सुखको साध्य नभएको पुष्टि भएको उल्लेख गर्दै यसबारे पनि विचार गरेर संविधान संशोधन गर्न उचित हुने धारणा राखेका छन् । उनले प्रदेश सभा सदस्य संख्या घटाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । संघको मन्त्रीपरिषद घटाएजस्तै प्रदेश पनि घटाउनुपर्ने उनको भनाई थियो । नेता पोखरेलले न्यायाधीश नियुक्तीको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढन आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘पहिलो कुरा संघीयता नै जरुरी हो कि होइन ? नेपाल जस्तो सानो देश संघीयता नै साध्य त होइन रहेछ । जनताको सुखको साध्य नै त संघीयता होइन । यो विषयमा पनि अव गम्भिरताका साथ छलफल गर्नं आवश्यक छ । प्रदेशको पनि सांसदको संख्या घटाउनु पर्छ । मन्त्रीपरिषद पनि घटाउनुपर्छ भन्ने कुरा आईसकेको छ । संवैधानिक बेञ्च अव जरुरी छैन भन्ने यो लामो अभ्यासबाट प्रमाणित जस्तो नै लाग्छ । अव त्यसको हक हामीले सोच्नु नै पर्छ । न्यायाधीश नियुक्तीको विषयमा आम मानिस सन्तुष्ट हुने अवस्था नै छैन । यसमा पनि विचार गर्नुपर्छ ।’

नेता पोखरेलले संवैधानिक बेञ्च आवश्यक नभएको पनि बताएका छन् ।


प्रकाशित मिति: २० बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?