Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा


काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् । पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको बताएका छन् । उनले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

सभापति थापाले भने, ‘आज महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बनाउने निर्णय भएको छ । त्यसैले केन्द्रिय समितिमा आउनुभएका साथीहरूमध्ये केहीलाई म अनुरोध गर्न चाहन्छु । छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस् । आवास, भोजनलगायतका विभिन्न समितिहरू बनाएर सम्पूर्ण लजिस्टिक व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यस विषयमा हामी थप छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ । महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको छ । त्यसैले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने हाम्रो प्रयास हुनेछ । मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु । त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।’

सभापति थापाले पार्टीका वरिष्ठ नेताहरूलाई महाधिवेशन एकै ठाउँमा मिलेर सम्पन्न गर्ने वातावरण बनाउन पुनः आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?