Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा


काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् । पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको बताएका छन् । उनले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।

सभापति थापाले भने, ‘आज महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बनाउने निर्णय भएको छ । त्यसैले केन्द्रिय समितिमा आउनुभएका साथीहरूमध्ये केहीलाई म अनुरोध गर्न चाहन्छु । छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस् । आवास, भोजनलगायतका विभिन्न समितिहरू बनाएर सम्पूर्ण लजिस्टिक व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु । यस विषयमा हामी थप छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ । महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको छ । त्यसैले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने हाम्रो प्रयास हुनेछ । मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु । त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।’

सभापति थापाले पार्टीका वरिष्ठ नेताहरूलाई महाधिवेशन एकै ठाउँमा मिलेर सम्पन्न गर्ने वातावरण बनाउन पुनः आग्रह गरेका छन् ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?