Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सरकारले अध्यादेश ल्याएर आफ्नो गरिमालाई समेत कायम राख्न सकेनः घनश्याम भुसाल


सरकारले अध्यादेश ल्याएर आफ्नो गरिमालाई समेत कायम राख्न सकेनः घनश्याम भुसाल

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारले अनावश्यक रुपमा अध्यादेश ल्याएर गल्ती गरेको आरोप लगाएका छन् ।

संसदमा जस्तोसुकै कदम पनि उठाउन सक्ने हैसियर भएको बलियो सरकारले आफनौ हैसियत समेत बिर्सिएर अध्यादेश ल्याएको भन्दै उनको आक्रोश थियो । बुधवार काठमाडौंको बबरमहलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष भुसालले सरकार संसदीय प्रक्रियाको राजमार्ग छोडेर अध्यादेश नामक चोरबाटोबाट हिँडिरहेको भन्दै कटाक्ष गरेका छन् । करिव दुई तिहाईको वर्तमान सरकारले अध्यादेश ल्याउने कुरा सुहाउने विषय नभएको पनि उनको भनाई थियो । कार्यवाहक अध्यक्ष भुसालले एक महिना भित्र जुनसुकै पनि कानून निर्माण गर्न सक्ने हैसियत सरकारसँग भएकाले उसले अध्यादेशको बाटो समाउन नमिल्ने तर्क समेत गरेका छन् ।

कार्यबाहक अध्यक्ष भुसालले भने,‘अध्यादेशको नाममा अहिले जे गरिएको छ, सरकारले जे रमिता गरिरहेको छ । यो सरकारलाई यो आवश्यक्ता नै थिएन । जरुरी थिएन यो । यतिको बलियो सरकार उसका लागि राजमार्ग छ । उसले संसदबाट जेसुकै गर्नसक्छ । १५ दिन ढिलो होला तर संसदीय प्रक्रिया अनुसार बढिमा एक महिना भित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोरबाटो हिँडेको छ । गल्ली गल्ली दर्गुदैछ । यो सुहाएन । यसले तपाईको गरिमा, तपाईंको बहुमतको गरिमा यसले राख्दैन । तपाईंको हैसियत यसले मेन्टेन गर्दैन । यसर्थ तपाई यस्ता काममा नलाग्नुस् । र तपाईले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ । हिजोका राजनीतिक पार्टीले राजनीतिक नियुक्तीको नाममा आफ्ना पार्टीका मानिसलाई पुरस्कार दिए भनेर तपाईहरुले भन्नु भएको छ । हामी कामना गर्दछाँै–ती १५ सय, १६ सय, १७ सय मानिस भर्ती गर्दै हुनुुहुन्छ । कसरी गर्नु हुन्छ ? हामी हेर्छौं । र हामी अपेक्षा गर्छौ कि हिजोको नियुक्तिहरुमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको तरिकामा प्रश्न उठेको थियो । तिनको योग्यतामा प्रश्न उठेको थियो । अयोग्य मानिसहरु कत्रा ठूला ठाउँहरुमा पसेको हामीले देखेका छौँ । यो कुरामा ख्याल गर्नु होला । हामी अनुरोध गर्दछौ–तपाईँ अध्यादेशतिर नजानुहोस् ।’

कार्यबाहक अध्यक्ष भुसालले सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ती पाएकाहरुलाई हटाउने योजना बनाएको उल्लेख गर्दै उनले त्यस्ता नियुक्तीहरुमा विगतमा जस्तै गल्ती दोहो¥याउने छुट सरकारलाई नभएको पनि बताएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?