Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

सशस्त्र प्रहरीको वृत्ति विकास र पारदर्शितामा गृह सचिवको जोड


सशस्त्र प्रहरीको वृत्ति विकास र पारदर्शितामा गृह सचिवको जोडः कार्यसम्पादनमा आधारित बढुवा प्रणाली अपनाउन निर्देशन

काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकको दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले संगठनको गरिमा उच्च राख्न व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत आचरणमा सुधार आवश्यक रहेको बताएका छन् । उनले सुरक्षा निकायमा सरुवा र बढुवाको विषय अत्यन्तै संवेदनशील हुने भन्दै यसलाई अनुमानयोग्य र निष्पक्ष बनाउन निर्देशन दिएका छन् । सचिव श्रेष्ठले सुरक्षा निकायका समस्याहरू संगठनभित्रै र ‘चेन अफ कमाण्ड’ मार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत वा संस्थागत समस्या लिएर बाहिर जाँदा त्यसले संगठनलाई नै क्षति पु¥याउनेतर्फ सचेत गराउँदै उनले आन्तरिक अनुशासनलाई मजबुत बनाउन महानिरीक्षकलाई आग्रह गरे । सशस्त्र प्रहरीको कार्यक्षेत्रका मुख्य चार खम्बा— सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग र विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले गरिरहेको कार्यको प्रशंसा गर्दै उनले सीमित स्रोत साधनका बाबजुद थप प्रभावकारी ढंगले अगाडि बढ्न निर्देशन दिए । विशेषगरी मनसुन नजिकिएकाले विपद् व्यवस्थापनका लागि आफ्ना स्रोत साधनसहित सक्रियता बढाउन उहाँले विशेष जोड दिएका छन् ।

उनले भने, ‘सुरक्षा निकायमा सरुवाभन्दा बढुवा प्रक्रिया जटिल हुने गर्दछ । यसलाई कार्यसम्पादनमा आधारित र निष्पक्ष बनाउन नसकिए सधैँ गुनासोको रूपमा रहिरहन्छ । सचिव श्रेष्ठले भन्नुभयो । सरुवा र बढुवा प्रणालीलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सके संगठनभित्रका धेरै असन्तुष्टि र गुनासोहरू स्वतः समाधान भएर जानेछन् ।’

दज्र्यानी चिन्हको गरिमा र औचित्य पुष्टि गर्ने गरी कार्यसम्पादन गर्न नवनियुक्त महानिरीक्षकलाई आग्रह गर्दै सचिव श्रेष्ठले गृह मन्त्रालयको तर्फबाट संस्थागत र व्यक्तिगत रूपमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?