Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

हर्क साम्पाङद्वारा थापाथलीको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण (तस्बिरहरु)


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।

सोमवार साम्पाङ नेतृत्वको टोलीले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँको विद्यमान अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उहाँले सरकारी कारबाहीबाट प्रभावित भएका स्थानीयहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गरेका छन् । अनधिकृत संरचना भत्काइएपछि सो क्षेत्रका बासिन्दाहरूले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

सोही सन्दर्भमा साम्पाङको टोलीले बस्तीको वस्तुस्थिति अध्ययन गरेको र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि कस्तो कदम चाल्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने धारणा राखेका थिए । सरकारले नदी किनारका अतिक्रमण हटाउने अभियानलाई तिब्रता दिइरहेका बेला श्रम संस्कृति पार्टीको यो निरीक्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?