Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राजनिति


संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा

काठमाडौँ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताए

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल

काठमाडौँ। एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् । नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाएका छन् । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै

जेन–जी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छः भावना राउत

काठमाडौँ। जेन–जी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएकी छिन् । नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताइन् । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि

जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन् । सोमवार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिएपनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको

सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरुले एकतावद्ध भएर काम गर्ने बेला आएको बताएका छन् ।

प्रधानमन्त्रीद्वारा स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग सोमवार दिउँसो बालुवाटारमा छलफल गरेकी हुन्। उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ,

प्रधानमन्त्रीलाई काँग्रेस नेता सिटौलाको आग्रह: निर्वाचन सार्ने/टार्ने काम नगर्नुस्

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् । काँग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा

भदौ २३ र २४ को घटना उपद्रव होः ओली

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताएका छन् । घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उनले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको र उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गरेका छन् । उनले उक्त उपद्रव छानी

ओलीले सडकमा आतंक सिर्जना गर्ने मनशायले अभिव्यक्ति दिइरहेका छन्ः रिजाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकतालाई बढावा दिइरहनुभएको आरोप लगाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा उनले जेन—जी विद्रोहपछि सत्ताच्युत भएका ओलीले सडकमा आतंक सिर्जना गर्ने मनसाय राखेर अभिव्यक्तिहरु दिइराखेको आरोप लगाएका

जेन-जी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः रामकुमारी झाँक्री

काठमाडौँ। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेन—जी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएका छन् । सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले जेन जी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भएपनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताइन् । अहिले जेन जी आन्दोलन भर्सेस नेकपा एमाले

सम्वन्धित समाचारहरु