Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी


काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी

काठमाडौं। काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच कानूनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयु) भएको छ ।

काठमाडौं महानगरले कार्यान्वयन गरिरहेका कानूनहरुको परिमार्जन तथा कानून तर्जुमा गर्नुपर्ने क्षेत्रहरुको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयु भएको हो । एमओयु कार्यक्रममा बोल्दै महानगरकी कार्यावाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित र कानूनसम्मत बनाउन यो सहकार्य गरिएको जानकारी दिएकी छिन्। उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रही निर्माण गरिएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानूनमा रहेका त्रुटिहरू सच्याउन यस सम्झौता महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन्। उनका अनुसार काठमाडौं महानगरले हालसम्म १ सय ६० वटा कानून निर्माण गरी कार्यान्वयन भइरहेका छन् ।

उनले भनिन्, ‘आज काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच एमओयु गरेका छौँ । यसको उद्देश्य स्थानीय सरकार सञ्चालन ऐन र संविधानमा टेकेर हामीले विभिन्न कानूनहरु बनाएका छौँ । जसले गर्दा स्थानीय सरकारले गर्ने कामहरु कानूनसंगत र काम गर्ने लय सधैं एउटै होस् । हामीले हालसम्म १६० वटा कानूनहरु बनाइसकेका छौँ । ती कानूनहरु परिमार्जन गर्न तथा थप कानून निर्माणका लागि पनि यस एमओयुले कानून तर्जुमा गर्नुपर्ने क्षेत्र पनि औँल्याउनेछ भन्ने विश्वास लिएका छौँ । र हामीसँग भएका विद्यमान कानूनहरुको विश्लेषण गर्न पनि जरुरी छ । यस एमओयुले कानूनमा रहेका त्रुटी सच्याउँदै कानूनको प्रभावकारी
कार्यान्वयनमा सहयोग पुग्ने विश्वास पनि लिएका छौँ ।’

सम्झौताअनुसार त्रिभूवन विश्वविद्यालयको कानून संकायले काठमाडौं महानगरपालिकाका विद्यमान ऐन, नियम र कार्यविधिहरूको कानूनी परीक्षण गर्दै आवश्यकताअनुसार नयाँ कानून निर्माणका लागि प्राविधिक गर्नेछ ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?