Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार


प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा मतदान स्थलहरु निर्वाचनका लागि तयार भएका छन् । निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरु निर्माणको काम लगभग सकिएको छ । काठमाडौंका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरुमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । संवेदनशील मानिएका मतदान केन्द्रहरुमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ ।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा मतदान स्थलहरु निर्वाचनका लागि तयार भएका छन् ।

निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरु निर्माणको काम लगभग सकिएको छ । काठमाडौंका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरुमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरुलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । संवेदनशील मानिएका मतदान केन्द्रहरुमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?