Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे


काठमाडौँ । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताएका छन् ।

पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। थेवेले दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकामना दिँदै यो ठूलो जनमतलाई राष्ट्र निर्माण र मुलुकको समृद्धिमा सदुपयोग गर्न सुझाव दिएका छन् । उनले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सरकारको तर्फबाट सार्वजनिक भइसकेपछि आफ्नो धारणा राख्ने पनि बताएका छन् ।

उनले भने, ‘संसदमा राष्ट्र र जनताको निम्ति देशको बलियो अर्थतन्त्र निर्माणको निम्ति, गरिबी उन्मुलनको निम्ति र समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण भुमिका खेल्छौँ । जेन–जी प्रतिवेदन सरकारले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । मिडियामार्फत आएको छ । सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक गरिसकेपछि आफ्नो धारणा सार्वजनिक गरौँला । मूलतः अब बन्ने सरकारलाई शुभकामना दिन चाहान्छु । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको जनादेश दिएको छ । यो जनादेश राष्ट्र निर्माणमा सदुपयोग होस् ।’

गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुले बिहीवार दिउँसो २ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?