Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल


फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न आम मतदातालाई अपिल गर्नुभएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष (फ्रि एण्ड फेयर) बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले मतदातालाई अल्छी नगरी मतदान केन्द्रमा जान आग्रह गर्नुभएको हो । योग्य उम्मेदवार छनोट गर्न र देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उहाँको भनाइ छ । आयुक्त जबराले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई आ–आफ्नो ठाउँबाट अनुशासित र बफादार भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । निर्वाचनको समयमा एकआपसमा झैझगडा, आरोप–प्रत्यारोप नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै जनाले आआफ्नो ठाउँबाट अनुशासित र बफादारीताले आफूलाई सुम्पिएका काम पूरा गर्नुपर्छ । एक आपसमा झैझगडा नगर्ने, आरोप,प्रत्यारोप नगर्नुहोला । आम मतदाताले फागुन २१ गते आफ्नो जुन मतदाता मतदान गर्ने आफ्नो एउटा राइट्स हो, त्यसको १०० प्रतिशत प्रयोग गर्नुहोला । त्यसमा कुनै अल्छी मान्ने होइन, भोट गर्नुपर्छ त्यसले एउटा आफ्नो क्षेत्र, प्रदेश र देशको निकास दिन्छ । योग्य उम्मेदवार छान्नुस् । शान्तिपूर्ण फ्री एण्ड फेयर इलेक्सनमा सहयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु ।’

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदातालाई निर्धक्क भएर योग्य नेतृत्व चयन गर्न आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?