Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको दाबी गर्नुभयो । निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ । ओलीले भन्नुभयो, ‘आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत सङ्ग्रह हो । हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने छ । विभिन्न प्रकारका ठगीका काण्डहरू, विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरू गर्ने गराउनेहरूमाथि कारबाही गर्नुपर्ने छ, जनतालाई सुविधा दिनुपर्ने छ र देशमा छिटोछिटो विकास गर्नुपर्ने छ ।’ निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने निर्णायक मोड भएको बताउनु भयो । सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको उहाँको जिकिर छ ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको दाबी गर्नुभयो । निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उहाँको भनाइ छ ।

ओलीले भन्नुभयो, ‘आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत सङ्ग्रह हो । हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने छ । विभिन्न प्रकारका ठगीका काण्डहरू, विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरू गर्ने गराउनेहरूमाथि कारबाही गर्नुपर्ने छ, जनतालाई सुविधा दिनुपर्ने छ र देशमा छिटोछिटो विकास गर्नुपर्ने छ ।’

निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने निर्णायक मोड भएको बताउनु भयो । सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको उहाँको जिकिर छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?