Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस


नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताउनु भयो । प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताउनु भयो । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ । अलि अधुरो देखियो । यसले पूर्णतः बोकेको देखिँदैन । २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिश गरेको छ । २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो । यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ । त्यो प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौँ । हामी प्रतिवेदनबारे धारणा बनाउनको लागि कानूनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरु, जेनजी आन्दोलनका अभियान्ताहरु र विज्ञहरुको समिति बनाएर यसको हामीले अध्ययन गर्छौँ । अध्ययन गरेर हामी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउँछ ।’ उक्त समितिले अध्ययन गरिसकेपछि जेन–जी आन्दोलन जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

काठमाडौँ । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका छन् । उनले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताएका छन् । प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताए । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिएका छन् ।

उनले भने, ‘जेन–जी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ । अलि अधुरो देखियो । यसले पूर्णतः बोकेको देखिँदैन । २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिश गरेको छ । २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो । यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ । त्यो प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौँ । हामी प्रतिवेदनबारे धारणा बनाउनको लागि कानूनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरु, जेनजी आन्दोलनका अभियान्ताहरु र विज्ञहरुको समिति बनाएर यसको हामीले अध्ययन गर्छौँ । अध्ययन गरेर हामी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउँछ ।’

उक्त समितिले अध्ययन गरिसकेपछि जेन–जी आन्दोलन जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?