Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पेट्रोल पम्पमा उपभोक्ताको भीड


पेट्रोल पम्पमा उपभोक्ताको भीड

काठमाडौँ । उपत्यकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।

आईतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरुले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ । नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरु भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।


प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?