Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनलाई आफ्नो मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्  । उहाँले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भएपनि संस्थागत अभ्यासको दृष्टिले पछाडि रहेको उल्लेख गर्दै राज्य सञ्चालनमा प्रणालीगत सुधार अपरिहार्य रहेको धारणा राखेका छन्  । उनले देशको पहिचान र अस्तित्व पुरानो भएपनि संस्थागत अभ्यास कमजोर रहेको औंल्याउँदै प्रभावकारी शासनका लागि आधुनिक प्रणाली र नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्  ।

उनले भने , ‘सुशासन हाम्रो मुलमन्त्र हो त्यसैमा हामी निहित हुनेछौँ । सार्वजनिक सेवामा सुधार, डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरण हामीले भनिरहेका छौँ । नेपाल देशको रुपमा धेरै पुरानो देश हो । पहिचान र अस्तित्वको रुपमा हामी पुरानो देश भएपनि संस्थागत अभ्यासको रुपमा हेर्ने हो भने हामी निकै पछाडि छौँ । त्यसैले हामीले संस्थागत राजकाजको अभ्यासको रुपमा मुलुकलाई प्राथमिकतामा राख्नुपर्नेछ ।’

मुलुकलाई संस्थागत राजकाजको अभ्यासतर्फ अघि बढाउने विषय पार्टी र सरकारको प्राथमिकतामा रहने उनको भनाइ छ ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?