Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानून मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले अन्य मन्त्रालयमा जाँदा आफूले कानुन मन्त्रालयमा आउने फाईलहरु अड्केर बस्ने गरेको गुनासो आएको बताएका छन् । उनले कानूनी अस्पष्टता, सम्बन्धित निकायबाट आवश्यक जानकारी समयमै नआउने र आपसी समन्वय अभावका कारण काममा ढिलाइ हुने गरेको पाईएको बताए । उनले समस्या समाधानका लागि कर्मचारीहरू आफैँ सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । आवश्यक परे सम्बन्धित मन्त्रालयका अधिकारीलाई मन्त्रालयमै बोलाएर वा स्वयं फाइल लिएर सम्बन्धित निकायमा पुगेर छलफल गर्न उनले आग्रह गरेका छन् । मन्त्री सिन्हाले सुशासनका लागि समयसीमा निर्धारण गरेर काम गर्न पनि आग्रह गरेका छन् । मन्त्रालयमा दर्ता भएका फाइल कति दिनभित्र टुंगो लाग्ने भन्ने स्पष्ट मापदण्ड तयार गरेर काम गर्न उनको सुझाव छ । उनले सुशासनको लागी राम्रो सिष्टम बनाउनुपर्ने र सिष्ट बनाउने काम कर्मचारीको भएको बताएका छन् । केही कर्मचारीका कारण सम्पूर्ण निजामती सेवामाथि नकारात्मक धारणा बनेको उल्लेख गर्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘अरु मन्त्रालयमा जाँदाखेरी कानुनमा गएका कामहरुमा धेरै ढिलाई हुने गरेको सुन्नुप¥यो, यहाँहरुसँग आएर मैले छलफल पनि गरे । कतिपय कुराहरुमा स्पष्टता नभएको कारणले तत् निकायबाट स्पष्ट पार्नको लागि जानकारी माग भएका कुराहरु नआएको कारणले र कोही आएर छलफल नगर्दैको कारणले ढिला हुने गरेको पाईयो । तपाईहरु आफ्नै तर्फबाट अनुरोध गरे यहाँ बोलाउँनुस्, होइन भने तपाईहरु फाईल लिएर सम्बन्धित मन्त्रालयमा गएर सो संग सम्मन्धित अधिकृतसंग छलफल गरेर टुंगोमा पु¥याउनुस् र कार्यतालिका बनाएर त्यसलाई समाधान गर्नुस् । मन्त्रालयमा आएको फाईललाई मन्त्रालयमा आएपछि कति दिनमा काम सकिन्छ भन्ने कुरा सुशासनको सबैभन्दा पहिलो आवश्यकता हो । हामीले सुशासनको लागी सकरात्मक वातावरण बनाउन पर्छ । हामीले वातावरण बनाएर सिष्टममा बसेर हामी काम गर्ने हो भने अगाडी बढ्छ । सिष्टम बनाउने कर्मचारीले नै हो । कर्मचारीहरुलाई गाली गरेको सुन्छु म । केही कर्मचारीको कारणले समग्र कर्मचारीमाथी आरोप लाग्ने गरेको छ । यसलाई चिर्न आवश्यक छ ।’

उनले आफूले सम्हालेका मन्त्रालयमध्ये कानून मन्त्रालयमा सुशासन कायम रहेको पाएको बताएका छन् । आगामी दिनमा पनि सुशासन कायम राखेर काम गर्न उनले आग्रह गरेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?