Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’


जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मानेका छन् ।

जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उनले बताए । उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको बताएका छन् । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी उनले दिएका छन् ।

त्यसैगरी, आन्दोलनका ७ सय २९ जना घाइतेलाई तत्काल राहत स्वरूप प्रतिव्यक्ति ३५ हजार रुपैयाँ वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक जीविकोपार्जन भत्ताको व्यवस्था शुरु गरिएको उनको भनाइ छ । शहीदका आश्रित परिवारका लागि जीवन निर्वाह वृत्तिको निर्णय समेत कार्यान्वयनको चरणमा रहेको उहाँले उल्लेख गरेका छन् ।

छोटो अवधिमै गृह मन्त्रालयले नीतिगत र कानूनी क्षेत्रमा ठूलो फड्को मारेको अर्यालले दाबी गरेका छन् । ६ महिनाको अवधिमा दुई दर्जनको हाराहारीमा कानूनहरू तर्जुमा तथा संशोधन गरिएको उनले बताएका छन् । जसमा ५ वटा अध्यादेश, ७ वटा नियमावली संशोधन र विभिन्न कार्यविधिहरू रहेका छन् ।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ वटा सरकारी कार्यालयहरू (जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय आदि) को पुनर्निर्माण गरी सेवा प्रवाहलाई पूर्ण रूपमा सुचारु गरिएको विषयलाई उहाँले आफ्नो कार्यकालको महत्वपूर्ण प्रशासनिक सफलताको रूपमा प्रश्तुत गरेका छन् ।

सामूहिक नेतृत्व र व्यावसायिकताको नयाँ मानक

आफूलाई ‘विशुद्ध व्यावसायिक व्यक्ति’ का रूपमा चिनाउँदै अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्वको भावना विकास गरेको बताएका छन् । सुरक्षा निकाय र कर्मचारीतन्त्रको खस्किएको मनोबल उच्च बनाउन ‘बटम–अप’ (तल्लो तहबाट माथि) अप्रोच अपनाइएको उनको तर्क छ ।

उनले भने, ‘हामीले व्यवसायिकतालाई केन्द्रबिन्दुमा राखेको हुनाले व्यावसायिक जनशक्तिको मर्यादा बढाउने काम गरिएको छ । प्रणालीलाई मात्र दोष दिनु भन्दा कार्य वातावरण राम्रो दिन सक्यौँ भने लक्षित नतिजा प्राप्त गर्न सकिन्छ भन्नेकुरा यसपालि मन्त्रालयले पुष्टि गरेको छ ।’

सत्यको भाष्य स्थापित गर्नुपर्नेमा जोड

उनले राष्ट्र सेवक र सुरक्षा फौजको मनोबल गिराउने गरी बजारमा बनाइने ‘गलत भाष्य’ विरुद्ध उभिनुपर्ने बताएका छन् । बाहिर रहँदा पनि आफूले सत्यको आधारमा संस्थाको रक्षाका लागि भुमिका खेल्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?