Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली


मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ ।

उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी प्रश्तुत गरिएको बताउनु भयो । यसका साथै उहाँले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताउनु भयो । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उहाँको भनाइ छ । ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भूमि अरूको नक्शामा हुने अवस्था थियो, हामीले वार्ता गर्ने ठाउँ पनि थिएन । हाम्रो भूमि अरुको नक्शामा हुने, हाम्रो नक्शामा नहुने अवस्था थियो । हामीले मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो नक्सामा राख्यौँ । विश्वसँग जोडिने, समुन्द्रसँग जोडिने बाटो चीनतिरबाट पनि खुल्यो । नेकपा एमाले काम गर्ने पार्टी हो ।’

आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गर्नुभयो । उहाँले मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरुवात आफ्नै पहलमा भएको बताउनु भयो । उहाँले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हजारौँ पुलको निर्माण, खानेपानीका ट्याङ्कीहरू, र बिजुलीको विस्तारमा हामीले असाधारण काम गरेका छौँ । आज नेपाल संसारमा सञ्चार क्षेत्रमा जहाँ पुग्या छ, त्यही ठाउँमा नेपाल पनि पुग्या छ । संसारका मान्छेले जे प्रयोग गरिरहेका छन् इन्फर्मेसन टेक्नोलोजी, सूचना सम्बन्धी प्रविधिको क्षेत्रमा, हामीले त्यही प्रयोग गरिरहेका छौँ ।’

सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनःनिर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रश्तुत गर्दै उहाँले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गर्नुभयो । उहाँले एकैपटक ३९६ पालिकामा आधारभुत अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताउनु भयो ।


प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?