Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले पार्टीले अब बन्ने सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले नयाँ बन्ने सरकारलाई प्रश्न गरेर सहयोग गर्ने बताएका छन्  । उनले आलोचनाले पनि सरकारलाई सहयोग हुने बताए । स्वच्छ आलोचनाले सरकारलाई सही ट्रयाकमा ल्याउने भएकोले आफूहरुले प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरेका छन्  । उनले रास्वपाले जनताको हितमा हुनेगरी संविधान संशोधनको एजेण्डा ल्याएमा दुईतिहाई पु¥याउन सहयोग गर्ने पनि बताएका छन्  ।

उनले भने , ‘हामी सरकारलाई प्रतिपक्षमा रहेर प्रश्न गर्छौं, सहयोग गर्छौं । सरकारले गर्नुपने काम जे छ, त्यसलाई प्रतिपक्षले पनि सहयोग नै गरिरहेको हुन्छ । आलोचना, विरोधबाट पनि हामी सिकिरहेका हुन्छौँ, यसले हामी कता जाँदैछौँ भन्ने कुरालाई निर्धारण गरिदिन्छ । हामी सरकारलाई देशलाई सघाउने पक्षमा नै छौँ । हामी विपक्षीमा नै रहेर सहयोग गर्छौं । कानून निर्माणको लागि समान्य बहुमत भए पुग्छ, त्यो उहाँहरुसँग छ । संविधान संशोधनको लागी दुई तिहाइको आवश्यक पर्ने हो । कुन प्रायोजनको लागि उहाँहरुले प्रस्ताव लिएर आउनुहुन्छ, त्यसमा हेरेर दुई तिहाईबाट आवश्यक पर्ने बेलामा सहयोग गर्ने नगर्ने भन्ने निर्णय गर्छौं । देश र जनताको हितमा हुने प्रश्ताव आएमा सहयोग गर्न तयार छौँ ।’ 

उनले जनताले आफूहरुलाई प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने म्याण्डेड दिएको बताएका छन्  । आगामी पाँच वर्ष समयको सही सदुपयोग गरी काम गर्नुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?