Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

राजनिति


एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने

काठमाडौँ। नेकपा (एमाले)ले गत भदौ अन्तिम साता सम्पन्न विधान महाधिवेशनबाट पारित निर्णयअनुसार नै नेतृत्व निर्माण गर्ने भएको छ । शुक्रवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनकाअनुसार यो महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रिय कमिटी र १५ सदस्यीय पदाधिकारी

आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी

काठमाडौँ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा

एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए

काठमाडौँ। नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् । पार्टीको एघाराँै महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् । सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो

राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था जनमत संग्रहबाट नभइ सबैको सहमतिबाटै पुनःस्थापित हुनुपर्ने बताएको छ । शुक्रवार सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकका निर्णय सुनाउनुहुँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुनु नहुने बताएका छन् । उनले राजसंस्था पुनःस्थापनका लागि यदाकदा जनमत संग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको

निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले राजनीतिका लागि पटकपटक सङ्घर्ष र दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमा

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताएका छन् । शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताएका छन् । साहित्य समाज, मानव जीवनका

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरुले चाहेको बताएका छन् । ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै

जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ

काठमाडौँ। स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेन–जी अभियन्ताहरुले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । शुक्रवार उनीहरुले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरुको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् । जेन–जी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपालीहरु विदेशमा

सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गरेका छन् । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताएका छन्। उनले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने

अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा

सम्वन्धित समाचारहरु