काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयनलगायत विषयमा निर्णय गरिने पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान १० बजे संसद भवनमा बस्दै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीले बोलाएपछि आफू बालुवाटार गएको नेता कोइरालाले बताए।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समसामियक बिषयमा छलफल हुनेछ।
बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको छ । पहिरोको कारण दुवै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ । अवरुद्ध
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बैठक दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा कांग्रेस–एमालेबीच गत सोमबार नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ । सहमतिअनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र पछिल्लो सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । यस्तै, प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजसंसद् भवनको ल्होत्से हलमा बिहान १० बजे बैठक बोलाइएको हो । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमालेको भूमिका बारे छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।