Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुग्धजन्य सामग्री नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौं : अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । उनका अनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरु आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए । उनले दुधजन्य विभिन्न वस्तुहरु उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताए ।

अध्यक्ष ढकालले भने–‘कम्तिमा पनि हाम्रा प्रोडक्टबाट आयात प्रतिस्थापन गरौं । उत्पादन गरेर बाहिर निर्यात गर्नका लागि के गर्न सकिन्छ, त्यसमा लागौं । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई घचघचाउनुपर्छ भने पनि तयार छ । डेरी उद्योगका मागप्रति सरकार गम्भीर हुनुपर्छ ।’

उनका अनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरु गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानूनहरु परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रुपमा लागेको समेत अध्यक्ष ढकालले बताए । उनका अनुसार अध्यादेशमार्फत धेरै कानूनहरु संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानूनहरु संशोधनमा लैजानका लागि महासंघले लर्बिङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानूनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरु यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिए । उनले आन्तरीक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासंघले आवश्यक लर्बिङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताए ।

अध्यक्ष दाहालले भने–‘यदी यो देशमा कृषि क्षेत्रको समस्या समाधान हुन सक्दैन भने यो देश विकास हुनै सक्दैन । राज्य गम्भीर होस् । हामी कृषिमा आत्मनिर्भर भयौं भने बाहिरीएको मुद्रा वचत हुनेछ । देशले फड्को मार्नेछ । कृषिमा आत्मनिर्भर बनाउन सरकार गम्भीर होस् ।’

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए । उनका अनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?