Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

दुग्धजन्य सामग्री नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौं : अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताएका हुन् । उनका अनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरु आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए । उनले दुधजन्य विभिन्न वस्तुहरु उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताए ।

अध्यक्ष ढकालले भने–‘कम्तिमा पनि हाम्रा प्रोडक्टबाट आयात प्रतिस्थापन गरौं । उत्पादन गरेर बाहिर निर्यात गर्नका लागि के गर्न सकिन्छ, त्यसमा लागौं । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई घचघचाउनुपर्छ भने पनि तयार छ । डेरी उद्योगका मागप्रति सरकार गम्भीर हुनुपर्छ ।’

उनका अनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरु गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानूनहरु परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रुपमा लागेको समेत अध्यक्ष ढकालले बताए । उनका अनुसार अध्यादेशमार्फत धेरै कानूनहरु संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानूनहरु संशोधनमा लैजानका लागि महासंघले लर्बिङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानूनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरु यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिए । उनले आन्तरीक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासंघले आवश्यक लर्बिङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताए ।

अध्यक्ष दाहालले भने–‘यदी यो देशमा कृषि क्षेत्रको समस्या समाधान हुन सक्दैन भने यो देश विकास हुनै सक्दैन । राज्य गम्भीर होस् । हामी कृषिमा आत्मनिर्भर भयौं भने बाहिरीएको मुद्रा वचत हुनेछ । देशले फड्को मार्नेछ । कृषिमा आत्मनिर्भर बनाउन सरकार गम्भीर होस् ।’

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए । उनका अनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?