Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सेवा स्तरलाई सुधार गर्नेगरी कानून बनाउनुपर्छः सांसद सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानून बनाउँदा सेवा स्तरलाई सुधार गर्नेगरी बनाइनुपर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । उनले विमानस्थल सुधारका लागि कानूनहरु बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताए । अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्व नरहने बताए । कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।

उनले भने, ‘यसको संस्थागत सुधारका बारेमा हामी कति स्पष्ट छौँ, हामीले कति जोड दिएर काम गर्ने हो यसमा स्पष्ट हुनुपर्छ । सेवाको स्तर कसरी सुधार गर्ने ? अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर उही भयो भने अहिले हामी जुन ढंगले जान खोजेका छौँ, यसको उपादेयिता रहँदैन । सेवाको स्तरलाई सुधार गर्नेगरी कानूनहरु बढी फलदायी हुनुपर्छ । आइकाओ लगायतको अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई जुन प्रकारको व्यवधान छ, त्यसलाई हल गर्न यो कानूनले के मद्दत गर्दछ । कालोसूचिमा राखिएको कुरा हट्न योगदान गर्छ की गर्दैन ? यसमा सोच्नुपर्छ । यस कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्छ ।’

सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?