Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं


काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजना अनुसार अघि बढ्नुले संशय पैदा भएको बताए । अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले पर्यटन नीति जारी भएको छ । एभिएशन सेफ्टी, एयरपोर्टको सेवा र रेगुलेट अथोरेटीको कुरामा नेपालमा विश्वसनियताको कमी र कालोसूचिबाट हटाउने भन्नेतिर ध्यान गएको छ । पर्यटन नेपालको मुहार फेर्ने ठाउँ हो । पर्यटनसँग सम्बन्धित पूर्वाधार बन्नुपर्छ । प्रधानमन्त्रीज्युले पहिला सडक सञ्जाल थिएन, अहिले सडक गइरहेको भएर सडक भएपछि ति एयरपोर्टहरु चल्न सक्दैनन् भन्नुभएको छ । तर पर्यटन मन्त्रालयले एयरपोर्ट थप्न खोजिरहेको छ । माननीयज्युहरुले पनि निर्वाचन लक्षित एयरपोर्ट बनाउन माग गरिरहनुभएको छ । माननीय गृहमन्त्रीज्युले कञ्चनपुरका लागि एयरपोर्ट माग गरिरहेको समाचारहरु आएको छ ।’

सांसद बजगाईंले निर्वाचन लक्षित गरेर गृहमन्त्री रमेश लेखकके कञ्चनपुरमा विमानस्थल माग गरिरहनुभएको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरे ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?