Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह : सांसद खनाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । उनले विधेयकले निजी क्षेत्रले पनि विमानस्थल व्यवस्थापन गर्नसक्ने प्रावधान राखिएको बताए । उनले निजी क्षेत्रलाई दिँदा थप स्पष्टता जरुरी रहेको बताए । सरकारले कसरी सुपरीवेक्षण गर्छ, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई हरेर मात्रै निजी क्षेत्रलाई विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन सकिने बताए ।

उनले भने, ‘यो विधेयकले निजी क्षेत्रले पनि एयरपोर्ट म्यानेज गर्नसक्ने किसिमको प्रावधान राखेको छ । तर दुई कुरामा बढी ध्यान दिनुपर्छ । निजी क्षेत्रलाई दिँदै गर्दा स्पष्टता, टिओरदेखि सरकारले कसरी सुपरीवेक्षण गर्दछ भनेर जानुपर्छ । राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई पनि हेर्नुपर्छ । कुन एयरपोर्ट दिने कसलाई नदिने भन्नेकुरामा ध्यान दिनुपर्छ । दोहोरो भुमिका हुनसक्ने स्थानहरुम परिमार्जन गर्नुपर्छ ।’

सांसद खनालले विधेयकमा आइकाओको विषयमा केही विषयहरु छुटेको अनुभुति आफूले गरेको जिकिर गरे ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?