काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबीच सेटिङ मिलाउन नसकेको कारण कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको आरोप लगाएका छन् । बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनको महसुल उठाउन नदिनु रहेको बताए । उनले भने,
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएका छन् । भारतले राजावादीहरुलाई उक्साएर अहिले
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् । जनकपुरमा शनिवार अयोजित पत्रकार सम्मेलनका क्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरु पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गरेका छन् । उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर
काठमाडौँ। नेपालको जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्राउने तयारी गरिएको छ । निजी क्षेत्रको समेत लगानी भित्र्याउने गरी तयारी अघि बढाइएको हो । अहिले सतलज, एनएसपिसिहरुले उत्पादन गरिरहेका छन्, अन्य निजी क्षेत्रहरुलाई समेत भित्र्याउने तयारी भइरहेको अधिकारीहरुले बताएका छन् । ‘२०२२ देखि नै २८ मेगावटको उर्जा निर्यात गर्ने अनुमति भारतबाट
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम
काठमाडौँ। विकास विज्ञहरुले अमेरिकी वैदेशिक सहायता नीतिको प्रभाव अन्य पश्चिमा देशमा पनि परेको भन्दै नेपाललाई वैकल्पिक रणनीति र योजना बनाउन सुझाव दिएका छन् । अमेरिकाको अन्य पश्चिमा देशसँगको सम्बन्धको आधारमा नेपालमा ती देशहरुबाट प्राप्त हुँदै आएको वैदेशिक सहयोग प्रभावित हुने उनीहरुको तर्क छ । तत्कालका लागि अमेरिकी सरकारको प्राविधिक तथा
काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रश्ताव गरेको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् । झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको र हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउदै जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताएका छन् ।
काठमाडौँ। रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताउदै जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताएका छन् । उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरेका छन्